• (+977)9845769808
  • kayapalat.nepal@gmail.com
  • Janakpurdham, Madhesh Province, Nepal
सरकारसँग भूमिहिन समस्या समाधानका लागि ठोस योजना माग

सरकारसँग भूमिहिन समस्या समाधानका लागि ठोस योजना माग

Share this

जनकपुरधाम । सरकारसँग सुकुम्वासी समस्या समाधानका लागि ठोस योजना माग गरिएको छ । जनकपुरधाममा कायापलटको आयोजना र ह्याविट्याट फर हुम्यानीटिको सहकार्यमा शनिवार आयोजित कार्यक्रममा वक्ताहरुले प्रदेश र संघिय सरकारसँग माग गरेको हो ।

सुरक्षित घर अप्पन अधिकार नारा सहित भूमीहिनको कथा ः समस्यादेखि समाधान सम्म विषयक कार्यक्रमका वक्ताहरुले प्रदेश सरकार र संघिय सरकारलाई भूमीहिनका समस्याहरु समाधान गर्न सुझाएका हुन् । सडकमा खुल्ला बहसको आयोजना गर्दै सरोकारवालाद्वारा यस विषयमा आम जनमानसको समेत चासो बढ्नुपर्ने बताए । कार्यक्रममा वक्ता रहेका मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादले स्थानिय निकायले जति प्रयास गरेपनि उपल्लो तहबाट सहयोग नपाएको जिकिर गरे । उनले भने, ‘हामीले एक्लैले भूमिहिनको समस्या समाधान गर्न सक्दैनौ । यसका लागि तिनै तहको सरकारको समन्वय आवश्यक रहन्छ ।’ यादवले आफुले स्थानिय निकायको स्रोतबाटै छुट्याएर विपन्नलाई सहयोग गरिरहेको उल्लेख गरे ।

कार्यक्रमका अर्का वक्ता तथा पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष मनिका झाले सरकारको नीति नै खुकुलो रहेको बताईन् । उनले सरकारको काम गर्ने तैरतरिका नै नमिलेको बताउँदै, सरकार सञ्चारमाध्यबाट प्रकाशमा रहेका विषयलाई गलत व्याख्या गरेकै कारण समस्या निम्त्याएको जोड दिइन् । उनि भन्छिन्, ‘सरकार हुनेखानेको मात्रै भयो । नबोल्न सक्ने प्रताडीतको त कहिल्यै सरकार भएन ।’ उनले सुकुम्बासीहरु पढेलेखेका नभएको तथा आवाज बोल्न नजानेको हुँदा उनीहरुका लागि बोल्ने मानिस नभएको बताए ।

त्यस्तै वक्ता रहेका ह्याविट्याट फर ह्ुम्यानिटिका प्रतिनिधि सैयद महोमद नसिम सरबरले हामी सरकारको सहयोग गर्ने सँस्था रहेको बताए । उनल भने, ‘सरकारको आवश्यक्तामा हामीले सहयोग गर्छौ । सरकारको माग बमोजिम आवासका लागि आधारभूत सहयोग हामीले गर्दै आएका छौँ ।’ उनले ह्याविट्याटले अहिलेसम्म सरकारसँगको सहकार्यमा दुई लाख बढी घरपरिवारलाई सुरक्षित आवाससँग समन्वय गरेको बताए ।

त्यस्तै मुखियापट्टी मुसहरनिया आवास क्षेत्रमा कार्य गरेकि अभियन्ता नन्दनी यादवले सरकारको काममा गुनासो गर्दै सरकारले छिटो भन्दा छिटो जाडो, घाम, पानी र बतासबाट सुकुम्बासीलाई बचाउँनका लागि माग गरिन् । उनले सरकार मानविय हृदय भएको हुन्छ भन्ने हो तर सरकारले न्यायोचित व्यवस्था नगर्दा दुःख भोग्नु परेको बताइन् ।

कार्यक्रमको सहजिकरण पत्रकार कलेश कुमार ठाकुरले गरेका थिए । आयोजक सँस्थाका संस्थापक दिवाकर उप्रेतीले यस प्रकारको कार्यक्रमले सुदुरका समस्या पनि सामुन्ने आई समाधानको बहस हुँदा व्यक्तिमा आलोचनात्मक चेत बढ्ने र सरकार जवाफदेहि हुने बताए । कार्यक्रममा १६० बढी मानिसको सहभागिता रहेको थियो भने समाचारको फोटो स्टोरी र कला प्रदर्शनीमा राखिएको थियो ।


याे समाचार प्रथम पटक : नागरिक मिररमा प्रकाशित भएकाे थियाे ।

Share this