• (+977)9845769808
  • kayapalat.nepal@gmail.com
  • Janakpurdham, Madhesh Province, Nepal
कायापलटको तीन कार्यक्रम : कचहरी बहस ,नाटक र दीप प्रज्जवलन

कायापलटको तीन कार्यक्रम : कचहरी बहस ,नाटक र दीप प्रज्जवलन

Share this

मंसिर २५ गते,जनकपुर । ७४ औं मानव अधिकार दिवसको उपलक्ष्यमा कचहरी बहस जनकपुरधाममा समपन्न भएको छ । मानव अधिकार तथा वातावरण अधिकारलाई सुनिश्चित गर्न जनकचौकमा बहसको आयोजना गरिएको थियो।

कायापलटको आयोजनामा गरिएको बहसमा मानव अधिकार आयोग प्रमुख मधेश प्रदेशकी मन्जु खतिवडा, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह र जलवायु परिवर्तन न्युनिकरणका अभियन्ता देव नारायण मण्डल वक्ताको रुपमा रहेका थिए भने कायापलटका कार्यक्रम संयोजक दिवाकर उप्रेतीले सहजिकरण गरेका थिए ।

कार्यक्रममा उपमेयर किशोरी साहले पर्यावरण संरक्षण तथा विकासका क्रमिक रुपमा कार्य सुरु गरिएको बताए । उनले भने,’नगरपालिकाले निश्चित नीति तथा कार्यक्रमहरुको तय गरेर नै कार्यक्रम ल्याइरहेको छ । परिवर्तन गर्न र हेर्न चाहेका सबैले आ(आफ्नो तर्फबाट पनि योगदान दिनुपर्छ ।’

त्यस्तै उनले पोखरी संरक्षण तथा सडकलाई छाडा चौपाया मुक्त बनाउन कार्य अगाडि बढेको जोड दिए भने सहभागीबाट उठेका प्रश्नमा उनले प्रशिक्षणकालमै रहेको हुनाले बुझ्ने र व्यवस्थापन गर्ने कार्य सन्चालन रहेको बताए ।

त्यस्तै आयोगका प्रमुख खतिवडाका अनुसार,’स्वच्छ वातावरणमा बस्न पाउने अधिकारको सुनिश्चितता हुन पर्छ । जसका लागि आफ्नो अधिकारसंगै अरुको अधिकारको पनि सुनिश्चितता गर्न पर्छ ।’
वातावरण अभियान्ता मण्डलले वातावरण जोगाउन जनताले साथ दिएपनि सरोकारवालाले अपनत्व नगरेको बताए । ‘वातावरण सबैको लागि आवश्यक छ । जनताले संरक्षण गरेपनि विकास र समृद्धिको नाममा विनाश भईरहेको छ’, उनले भने,’निलगाई, वदेल लगायत जिवको अस्तित्व नै समाप्त भईरहेको हुनाले आगामी दिनमा फसलका लागि मारामारी हुने छ ।’

कार्यक्रम सेभ द चिल्ड्रेन र डब्लु डब्लु एफ नेपालको सहयोगमा युथ एड्भोकेसी नेपालको सहकार्यमा कायापलटले जनक चौकमा खुल्ला रुपमा कचहरी आयोजना गरेको कार्यक्रम संयोजक दिवाकर उप्रेतीले बताए । उनले भने, ‘ बहसलाई युवा पुस्ताले बिर्सिएकोले ब्युझाउँन पर्ने हेतु सुरुवात गरेको हौ । खुल्ला छलफल तथा अन्तरक्रियाले जस्तो पनि समस्या हल गर्न सक्छ ।’ उनले समय समयमा यस्ता बहसले सरोकारवालालाई खबरदारी गरिरहने समेत बताए ।

साथै बहसको अन्त्यमा कायापलटले दवाव स्वरुप वातावरण संरक्षण गर्न तथा समुदायमा जलवायु परिवर्तन न्युनिकरण गर्न सन्देश प्रवाह हेतु ११ बुँदे ज्ञापन पत्र जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलाई हस्तान्तरण गरिएका थिए । जसमा जलवायु न्याय देखि समुदायलाई वातावरण शिक्षा तथा विद्यालयलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गर्न पर्ने मुद्दा रहेको उप्रेतीले बताए । जसमा स्थानीय अधिकारकर्मी तथा बुद्धिजीवीको सहभागीता रहेको थियो ।

एकै दिनमा ३ वटा कार्यक्रमको आयोजना गरेका कायापलटले बहस पछि बालविवाह सम्बन्धी नाटक जानकी मन्दिरमा प्रदर्शन गरेको थियो भने साँझमा दीप प्रज्जवलन गरी मानवअधिकार दिवस मनाएको थियो ।

Share this

Leave a Reply

Your email address will not be published. Required fields are marked *