अहिले विश्वले भोगिरहेको सबैभन्दा घातक प्रदूषणमध्ये प्लास्टिक प्रदूषण पनि एक हो। जी-२० लगायत अधिकांश विश्व सम्मेलनहरूमा प्लास्टिक प्रदूषण एजेन्डा बन्ने गरेको छ। प्लास्टिक हाम्रो जीवनको अभिन्न अंग बनेर बसेको छ। सन् १९०७ देखि नै प्लास्टिक प्रयोगमा आए पनि यसको अत्यधिक प्रयोग भने सन् १९५० को दशकदेखि हुन लागेको हो। विश्व प्रसिद्ध जर्नल ‘साइन्स’ मा प्रकाशित एक लेखका अनुसार सन २०१९…